पोखरा । पोखरा १८ स्थित चौर पाखा गाउँको विकासका लागि वडा कार्यालय सकरात्मक रहेको त्यहाँका जनप्रतिनिधिले बताउनुभएको छ ।
शनिवार आज गाउँमा भएको भेलाका बीच वडा सदस्य नमराज सुवेदीले हिजो चौरपाखाको विकासलाई उपेक्षा गरिएकोमा दुःख व्यक्त गर्दै अव त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो ।
विकट गाउँको विकासका लागि संघीयता आएको उल्लेख गर्दै वडा सदस्य सुवेदीले चौरपाखालाई उज्यालो गाउँ बनाउन वडाले सडक बत्ती सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । वडा सदस्य रमेशबहादुर थापाले पोखराको मुख्य क्षेत्रबाट चौरपाखा नजिक रहेपनि विकट रहेको औँल्याउँदै गाउँसम्म पुग्ने सडक स्तरउन्नतीका लागि वडा संवेदनशील रहेको सुनाए ।
जनप्रतिनिधी समक्ष गाउँलेहरुले सडकको स्तरउन्नतीका साथै चौरपाखादेखि मेथलाङसम्म सिढी बाटो निर्माण, काठे पोल विस्थापन साथै गाउँमा एक घर एक धारा कार्यक्रम लागु गरिदिन माग पनि गरे । यसैबीच उक्त भेलाले श्रीभद्र पौडेलको अध्यक्षतामा सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समिति पनि गठन गरेको छ ।
जसको उपाध्यक्षमा संजीव अधिकारी, सचिवमा मैयाँ भुर्तेल अधिकारी, कोषाध्यक्षमा लिलारमण भुर्तेल तथा सदस्यहरुमा नवराज अधिकारी(नविन), पार्वती अधिकारी, इन्द्रप्रसाद अधिकारी, राजुप्रसाद अधिकारी र इन्द्रबहादुर केसी चयन भए ।
भेलाले इञ्जिनियर सुनिल अधिकारीको संयोजकत्वमा हरिश्चन्द्र अधिकारी र वडा सदस्य नमराज सुवेदी सदस्य रहने गरी अनुगमन समिति पनि गठन गरेको छ । त्यस्तै टंकप्रसाद अधिकारी, रामप्रसाद ज्ञवाली, भगवान् अधिकारी र शिवप्रसाद अधिकारीलाई सल्लाहाकारको जिम्मेवारी पनि दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





