kf]v/fsf] 9'+u]kf6gdf /x]sf] kf]v/f ljZjljBfnosf] s]Gb|Lo sfof{no . tl:a/ M bLks kl/of/÷sflGtk'/
पोखरा । पोखरा विश्वविद्यालयले हालसम्म ५८ वटा कलेजहरुलाई सम्बन्धन दिएको छ । त्यसमध्ये अधिकांश कलेजका विभिन्न कार्यक्रममा विद्यार्थी अपुग छ । पोखरा विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरुमा ईञ्जिनियरिङ, मेडिकल साईन्स, हेल्थ कार्यक्रमहरुमा विद्यार्थी नपुग्दा कतै कार्यक्रम नै स्थगित गरिएको छ भने कतै न्यून विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने बाध्यतामा कलेजहरु पुगेका छन् ।
सम्बन्धन दिएका कलेजहरुलाई कडाई गरेर कार्यक्रम सञ्चालनका लागि वातावरण बनाउन विश्वविद्यालयले कहिल्यै चासो दिएको छैन । नत कार्यक्रम सञ्चालनमा देखिएका समस्या समाधान गर्नेतर्फ नै विश्वविद्यालयले चासो दिएको छ । उसो त विश्वविद्यालय आफैपनि आर्थिक समस्याग्रस्त अवस्थामा छ । परीक्षा प्रणालीमा चुस्त नभएको, समयमा परीक्षा नहुने, ल्याव अभाव, ल्यावमा केमिकल अभावलगायतका समस्यापनि विश्वविद्यालय ज्यूँका त्यूँ छ ।
तर विश्वविद्यालय ती समस्या समाधानतर्फ लागेको छैन । बरु थप कलेजहरुलाई सम्बन्धन दिन लागिपरेको छ । सम्बन्धन दिएका कलेजहरुलाई चुस्त दुरुस्त बनाउने, कार्यक्रमहरु प्रभावकारी सञ्चालन गराउने, शिक्षामा देखिएका विकृति, विसंगती सुधार्दै गुणस्तरीय शिक्षा दिनेतर्फ ध्यान दिनुको सट्टा सम्बन्धन बाँढ्नेतर्फ विश्वविद्यालय लागेपछि विरोध शुरु भएको छ ।
विश्वविद्यालयका उपकुलपति (भाईस चान्सलर (भिसी) प्रेमनारायण अर्याल, रजिस्टार दीपकबहादुर भण्डारीलगायतले आर्थिक प्रलोभनमा परेर सम्बन्धन बाँढ्न लागेको आरोप लागेको छ । भिसी र रजिष्टार कलेजहरुको छाता संस्था ओपेनको प्रभावमा परेर सम्बन्धन बाँढ्न लागेको प्राध्यापक संघसंस्था तथा विद्यार्थीहरुको आरोप छ । खास गरी अक्सफोर्ड ईन्टरनेसनल कलेजका हरी भण्डारी, नोवल एकेडेमीका नवराज पाण्डेलगायतको प्रभावमा भिसी र रजिस्टार परेको श्रोत बताउँछ । ‘कम्तिमा १०÷१२ करोडको प्रलोभन छ’–श्रोत भन्छ ।
पोखरा विश्वविद्यालयका प्राध्यापकहरुको साझा संस्था नेपाल प्राध्यापक संघ पोखरा विश्वविद्यालयका अध्यक्ष हेमराज पाण्डे भिसी र रजिस्टारले आर्थिक प्रलोभनमा परेर सम्बन्धन बाँढ्न लागेको आरोप लगाउँछन् । भन्छन्,‘बेला न कुबेला, धौबजी मेला भनेको यहि हो । विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्नुको सट्टा थप सम्बन्धन बाँढ्नुको कुनै औचित्य छैन ।’ थप सम्बन्धन बाँढेर विश्वविद्यालयलाई के फाईदा हुन्छ ? भन्ने प्रश्न गर्दै उनले भने,‘यसमा ओपेनको हस्तक्षेप प्रष्ट देखिन्छ । भिसी र रजिस्टार आर्थिक प्रलोभनमा परेकोपनि प्रष्टै छ ।’ उनले आवश्यक्ता र औचित्य पुष्टि नहुनेगरी चुनावको मुखमा सम्बन्धन बाँढ्नुको कारण नभएको जिकीर गरे ।
नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष राजु पाण्डेपनि भिसी र रजिस्टारले आर्थिक प्रलोभनमा परेर सम्बन्धन बेच्न लागेको आरोप लगाउँछन् । ‘ओपेन र त्यसमा सम्बद्ध केहि सिमित व्यक्तिहरुको प्रलोभनमा उहाँहरु हुनुहुन्छ । त्यहि भएर सम्बन्धन बाँढ्न लागिएको हो’–उनले भने । विश्वविद्यालयसँग सम्बद्ध सरोकारवालासँग छलफल, सल्लाह नगर्ने, बरु थाहा पाउँछन् कि भनेर सुटुक्क सम्बन्धन दिने निर्णय सार्वजनिक गर्नुले त्यसलाई पुष्टि गर्ने उनको भनाई छ ।
जथाभावी सम्बन्धन बाँढ्न लागेपछि त्यसलाई रोक्न भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा विश्वविद्यालय आन्दोलनमा छ । तीन महिना अघिदेखि आन्दोलनमा उत्रिएको नेविसंघ विहीबारदेखि रिले अनसनमा बसेको छ ।
नेविसंघ पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदी सम्बन्धनका लागि करोडौंको चलखेल भएकाले त्यसलाई रोक्न आन्दोलनमा उत्रिएको बताउँछन् । ‘मापदण्ड पूरा नगरेका कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेको छ । यसलाई रोक्नुको विकल्प छैन’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






