जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई अपाङ्गमैत्री जिल्लाको रूपमा स्थापित गर्न आफूले समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेत्रहीन संघ कास्कीको २५ औं वार्षिक साधारणसभा र समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कास्कीका सडकसहित भौतिक पूर्वाधारहरु अपाङ्गमैत्री नहँुदा आफूहरूले कठिनाई भोग्नुपरेको भन्दै समाधान गरिदिन पौडेलको ध्यानाकर्षण गराएका थिए ।
त्यसको जवाफमा जिसस प्रमुख पौडेलले अधिकांश संरचना र भौतिक पूर्वाधार अपाङ्मत्री नभएको भन्ने विषयका आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यसतर्फ आफूले ध्यान दिने स्पष्ट पारे ।
पौडेलले कास्कीलाई हरेक दृष्टिकोणबाट सुन्दर बनाउन कास्कीका ५ वटै पालिकाहरुलाई आग्रह गर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्नेमा जोड दिंदै उनले सोंचमा परिवर्तन भएमा मात्रै सामाजिक रुपान्तरणको विषय सार्थक हुने स्पष्ट पारे ।
संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय उपाध्यक्ष खोमराज शर्मा, राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य रमेश पोख्रेल, नेत्रहीन संघ गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदी, समदृष्टि सहकारीका पूर्व अध्यक्ष शोभा पौडेल, वर्तमान अध्यक्ष शिशिर खनाल, अपाङ्गमैत्री समाज कास्कीका अध्यक्ष सन्तबहादुर परियार, नेत्रहीन महिला संघ कास्कीका अध्यक्ष कमला शर्मा, पोखरा महानगरपालिकाका सामाजिक विकास अधिकृत राधा विक लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







