सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित गर्ने भएकी छन्।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु विभिन्न विभूषणबाट विभुषित गर्न लागिएको हो।
तेक्वान्दोका पूर्व कीर्तिमानी खेलाडी दीपक विष्ट प्रबल जनसेवाश्री पदकबाट विभुषित हुने भएका छन्। पौडीका ओलम्पियन गौरिका सिंह राष्ट्रदीप पदकबाट विभुषित हुने भएका छन्।
यस्तै, जनसेवाश्री पदकबाट भलिबल प्रशिक्षक जगदीश भट्ट, ट्रयायथालन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवद्र्धक जगतबहादुर खड्का, पाराओलम्पियन पलेश गोवर्धन, फुटबल प्रशिक्षक अरुणा गुरुङ, महिला भलिबल कप्तान अरुणा शाही र तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षत्री विभुषित हुने भएका छन्।
सुकीर्ति पदकबाट सम्मानित हुने खेलाडीमा कल्पना परियार, जयरानी थारु, जीवन थारु, तिलकबहादुर देउजा, रेणुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ र रंजित तामाङ विभुषित हुने भएका छन्।
सरकारले यस वर्ष ९ सय ९८ जनालाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभुषित गर्ने घोषणा गरेको छ। विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई सरकारले संविधान दिवसका अवसरमा पदक दिदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






