जिवन सिग्देलको ठुली कान्छी बोलको गीत सार्वजनिक


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित




पोखरा । जिवन सिग्देलको ठुली कान्छी बोलको गीत सार्वजनिक भएको छ । विषेशगरि गाउँघरमा स्कुले जीवनमा युवायुवतिले एक अर्कालाई मन पराएर मनको कुरा व्यक्त गरिएको भावमा रचिएको ठुली कान्छी बोलको गीत जीवन सिग्देलकै अफिसियल युटुवमा सार्वजनिक गरिएको हो ।

गायिका पुजा देवकोटा र स्वयम जीवन सिक्देलको आवाजमा सजिएको गीतमा नवराज पन्तको शब्द तथा सिग्देलकै संगित रहेको छ ।

टिकटक स्टार बर्षा क्षेत्री ,निक्स् शर्मा, जुना गुरुङ, अभिषेक श्रेष्ठ,रिया खड्काले अभिनय गरेको गीतमा विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

गायक सिग्देलका अनुसार गीतको वान डिभी एच डी स्टुडियोमा रेकर्ड गरिएको थियो भने कोरियोग्राफर जेरी भण्डारीले गरेका छन् ।

गीत मार्फत आफ्नो गाउँघरमै बोलिने मौलिक भाषा तथा गाउँघरका संस्कृतिलाई उजागर गरिएकोले गीतले सबै दर्शक श्रोताले मन पराईदिनेमा गायक सिग्देल आशावादी छन् ।

साथै सिग्देलको यस भन्दा अगाडी तनहुँ जामुने,माईती मेरो देश,तेरो बाउको साँढे लगाएतका सुपरहित गीतहरु बजारमा आईसकेका छन् । सिग्देल विषेश गरि लाईभ दोहोरी प्रतियोगिताहरुमा बढी सक्रिय छन् ।

स्याङजाको हरिनाश गाउँपालिका स्थायी घर भएको उनी विगत १० बर्ष देखि नै पोखरालाई कर्मथलो बनाई गीतसंगित मार्फत आफ्नो क्षमता प्रर्दशन गर्दै आईरहेका छन् ।

ठुली कान्छी भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=HC6EfgRgyNg


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।