पोखरा–१२ रामघाटमा रहेको अमरसिंह माबि, भुतपुर्व बिद्यार्थी एशोसियसनले आफ्नो ११ औ अधिवेशन गरेको छ ।
एशोसियसनको अधिवेशनले आगामी कार्यकालका लागि विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा गठन गरेको छ।
एशोसियसनको उपाध्यक्षमा राजेन्द्रराज बस्ताकोटी, सचिवमा महेन्द्र भुर्तेल, सह–सचिबमा लिलाधर अधिकारी र कोषाध्यक्षमा शशी भुर्तेललाई छानेको छ। त्यस्तै, कार्यसमिति सदस्यहरुमा लक्ष्मी गुरुङ, सुर्यप्रसाद तिमिल्सिना, ज्योति तामाङ, अमृत बराल, नविन श्रेष्ठ र कृष्ण गिरि छन्।
अमरसिंह माबिका प्रधानाध्यापक तेजस्वी बरालले अधिवेशनको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै बरालले अमरसिंह माबिको शैक्षिक तथा भौतिक बिकाशमा भुपु बिद्यार्थी एशोसियसनको महत्वपूर्ण भूमिका रहेको बताए। आगामी दिनमा पनि विद्यालयले एशोसियसनबाट साथ र सहयोगको अपेक्षा गरेको उनको भनाई थियो।
उनले यस प्रकारका संस्थाहरुले सामाजिक कार्यका साथै आफू अध्ययन गरेको बिद्यालयप्रति गर्नुपर्ने कर्तव्यलाई पनि ध्यान दिदै जानुपर्ने आंैल्याए।
बिद्यालयको एक शैक्षिक अंगका रुपमा पनि भुपु बिद्यार्थी एसोसिएसन रहेको भन्दै प्रअ बरालले आगामी दिनमा यस बिद्यालयमा अध्ययन गरेका धेरै पूर्व बिध्यार्थीलाई समेट्दै अगाडी बढ्न सुझाव दिए।
कार्यक्रममा अमरसिंह माबि भुपु बिद्यार्थी एशोसियसनका संस्थापक अध्यक्ष बोधराज घिमिरेले अमरसिंह माबिको शैक्षिक अवस्था सन्तोषजनक रहेपनि बाहिरी भौतिक संरचना भने कमजोर हुँदै गएकोले अब यसतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गरे। एशोसियसनका पूर्व अध्यक्ष डा.चन्द्रबहादुर गुरुङ्ले अमरसिंह माबिको शैक्षिक उन्नतिलाई बचाई राख्न भुपु बिद्यार्थी एशोसियसनले पनि जिम्मेवारी लिनुपर्ने बताए।
कार्यक्रममा पोखरा बिश्व बिध्यालयका उपप्राध्यापक युवराज त्रिपाठी, ग्लोवल कलेजियट उच्चमाबिका प्रधानाध्यापक बाबुराम पन्त, समाजसेवी ज्ञानबहादुर गुरुङलगायतले अमरसिंह माबि नेपालकै एक नमुना माबि भएकोले यसको साख सधै उच्च रहनुपर्नेमा जोड दिए।
अमरसिंह माबि भुपु बिद्यार्थी एशोसियसनका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिष्णुप्रसाद तिमिल्सिनाले स्वागत तथा सचिव राजेन्द्रराज बस्ताकोटीले कार्यक्रम संचालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







