टिच फर नेपालले असोज ८ गते पोखरामा इन्फो सेसन पोखरा गर्दैछ।
नेपालमा सार्वजनिक शिक्षा सुधारमा कार्य गर्दै आएको टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको हो।
पोखराको सिटी स्क्वायरमा एक कार्यक्रम आयोजना गरी टिच फर नेपालले आफ्नो फेलोसिप कार्यक्रमबारे जानकारी गराउन साथै युवाहरुलाई सार्वजनिक शिक्षा सुधारको योजनामा जोड्नको लागि यो कार्यक्रम आयोजना गर्न लागेको हो।
शिक्षामा थप सवलिकरण गर्न तथा स्नातक उत्तीर्ण युवालाई अवसर प्रदान गर्न टिच फर नेपाल यस्तै प्रकारको इन्फो सेसनको आयोजनाको बारेमा टिच फर नेपालका प्रतिनिधि एवं पुर्व फेलो रश्मी थापाले बताइन्।
शिक्षाको महत्व रोजगारसम्म मात्र नभएर स्वरोजगार तथा समाजमा रुपान्तणमा प्रयोग हुनु पर्ने र युवाले यो अभियानमा हातेमालो गर्न आवश्यक रहेकाले टिच फर नेपालले यो कार्यक्रम आयोजना गरेको थापाले प्रष्ट पारिन्।
फेलोशिप, युवाहरूलाई नेतृत्व र शिक्षा प्रणालीको बुझाइ विकास गर्ने अवसर दिनको लागि डिजाइन गरिएको हो।
फेलोशिपमार्फत, तपाईंले कक्षा कोठा र समुदायहरूलाई प्रभाव पार्नेछन् र परिवर्तनकारी समाज सिर्जना गर्न योगदान गर्नेछन्।
टिच फर नेपालमा फेलोशिप कार्यक्रममा फारम भर्ने अवधारणा तथा त्यसका माध्यम र त्यसप्रति युवाको भूमिकाबारे बिशेष प्रस्तुतिकरण गर्ने छ। साथै उक्त फेलोशिप कार्यक्रमका पुर्व फेलोहरुले आफ्नो अनुभव प्रस्तुत गरेर युवालाई अभिप्रेरित गर्ने बताइएको छ।
शैक्षिक सुधारका लागि सिकाई पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी सुरु भएको ‘टिच फर नेपाल’ अभियानले अहिले धेरैजसो दुर्गम क्षेत्रका विद्यालयमा सार्वजनिक शिक्षा सुधारका लागि प्रत्येक वर्ष बिभिन्न युवाहरुलाई तालिम दिई शिक्षणमा परिचालन गर्ने गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







