संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं–१५ ले अन्तरविद्यालय सडक दौड प्रतियोगिता गरेको छ।
‘शान्ति र स्थायीत्वका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं–१५ को वडा कार्यालय परिसरमा आयोजित सडक दौड प्रतियोगितामा वडाका १८ विद्यालयका करिब २५० जना विद्यार्थीहरूको सहभागिता थियो।
प्रतियोगितामा छात्रातर्फ श्री सिद्ध माविकी श्रेया मगर प्रथम, सिद्ध माविकै सोनिका परियार दोस्रो, भ्यूप्वाइन्ट स्कुलकी सजिना
सुनार तेस्रो, सिद्ध माविकी रचना चौधरी चौथो बनिन् केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना स्थान ओगग्न सफल बनिन्।
यस्तै, छात्रतर्फ हिमालय लाइफ नेपालका राज परियार प्रथम, श्री सिद्ध माविका विवश रेग्मी दोस्रो, हिमालय लाइफकै विजय वि.क. तेस्रोा, शुभतारा थ्री एन्जल्सका आशिष घले चौथो र सिद्ध माविका विवेक गुरुङले सान्त्वना प्राप्त गरे।
विजयी प्रतियोगीले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ३÷३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।
पोखरा महानगर उपप्रमुख मञ्जुकुमारी गुरुङले विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







