फाइल फोटो
गण्डकी प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिएको छ।
२०७४ मंसिर १० गते निर्वाचित सांसदहरुले माघ ७ गते सपथ लिएका थिए। माघ २२ गते पहिलो बैठक बसेको संसदले हालसम्म ५९ वटा कानून बनाएको छ।
सरकारले ६२ विधेयक संसदमा पेस गरेकोमा ३ वटा विधायन समितिमै छलफलको क्रममा छ। आमसञ्चार विधेयक, गण्डकी प्रदेश कानुन संशोधन विधेयक र कृषि ब्यवसाय प्रवद्र्धन ऐन संशोधन विधेयक पास गर्ने तयारी गरिएपनि हतारमा संसद अन्त्य गरेका कारण छलफल हुन पाएन।
गण्डकी प्रदेशमा ३६ प्रत्यक्ष र २४ सामानुपातिकसहित ६० सांसदको व्यवस्था छ। ५ वर्षअघिको निर्वाचनमा एमाले पहिलो दल बनेको थियो। २७ सांसद सहित एमाले पहिलो हुँदा १५ सांसद सहित काँग्रेस दोश्रो, १२ सांसद रहेको माओवादी तेश्रो, ३ सांसद रहेको जनमोर्चा चौथो र २ सांसद रहेको तत्कालीन नयाँ शक्ति पार्टी पाँचौँ दल बनेको थियो। यहाँ मनाङबाट स्वतन्त्र सांसद राजीव गुरुङ समेतले चुनाव जितेका थिए। उनी हाल गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





