आज विश्व शान्ति दिवस


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित




आज सेप्टेम्बर २१ तारिक अर्थात विश्व शान्ति दिवस।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००१ देखि सेप्टेम्बर २१ तारिखका दिन हरेक वर्ष आजैका दिन यो दिवस मनाउने गरिएको छ। नेपालमा भने २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो।

यो वर्ष End Racism, establish Peace  अर्थात् ‘जातिवादको अन्त र शान्तिको स्थापना’ नारासहित नेपाल लगायत विश्वभर यो दिवस मनाइँदैछ।

विश्व शान्तिको उदेश्यले हरेक वर्ष यो दिवस विश्वभर मनाइने गरिन्छ। शान्ति दिवसका अवसरमा नेपालमा भने सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन्। विशेषगरी १२ वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवातको खुसीयालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ। शान्ति प्रक्रियामा सहयोग पु¥याउँदै आएका मानवअधिकारवादी संघसंस्थाहरूले यस दिन विचार गोष्ठी, सभा र ¥यालीहरूको आयोजना गर्दै शान्ति दिवस मनाउँदै आएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।