असोजको १४ गते गण्डकी प्रदेशसभा सांसदहरुलाई विदा गरिदैंछ ।
उक्त दिन सांसदहरुलाई बिदाइ गर्ने तयारी भएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदान–प्रदान गरेर निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम छ ।
‘माननीयहरूको कार्यकाल ५ वर्षको हो । संविधानमा बिदाई भन्ने शब्द छैन । हामीले कदरपत्र दिनेछौँ,’ प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले भनका छन् ।
५ वर्षमा सांसदको भुमिकाको विषयमा सचिवालयले कदरपत्र दिने तयारी गरेको छ ।
नेपाल संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सभाको कार्यकाल सकिएको छ । पहिलो आम निर्वाचनबाट चुनिएका सांसदहरुको कार्यकाल असोज १ गते सकिएको हो । २०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशमा ६० सदस्य निर्वाचित भएका थिए ।
अहिले गण्डकीमा ५८ जना सांसद छन् । कास्की २ ‘क’ बाट निर्वाचित भएका कृष्णबहादुर थापाले राजीनामा दिएका थिए भने बागलुङ १ ‘क’ बाट निर्वाचित कृष्ण थापालाई पार्टीले कारवाही गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







