अविरल वर्षापछि खसेको पहिरोले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ ।
कुलो बग्दा यहाँका ३५० परिवार विद्युत् सुविधाबाट वञ्चित भएका छन् । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का घरपरिवार बिजुलीबाट वञ्चित भएका हुन् ।
अन्धकारमा बस्नुपर्दा उनीहरूको दिनचर्या कष्टकर भएको छ । ‘बिजुली नभएपछि बालबालिकाले पढ्न/लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सक्नु परेको छ,’ ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, ‘मोबाइल चार्ज गर्न पनि पाइएको छैन ।’ चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्न समेत नसकिएको उनले गुनासो गरे ।
ढोरपाटन नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाबाट एक दशकअघि बनाइएको उक्त लघुविद्युत् आयोजनाको बिजुलीले स्थानीयको दिनचर्या सहज भएको थियो ।
‘भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौं, अहिले त पहिरो खसेर बर्बादै बनायो,’ नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने ।
स्थानीय युवा परिचालन गरेर अस्थायी रूपमा पानी चलाउने प्रयास गरिएको उनले बताए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







