शिक्षक सरुवाको निर्णय फिर्ता लिन संगठनको ७२ घण्टे अल्टिमेटम


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शिक्षक कर्मचारी सरुवाको निर्णय फिर्ता लिन माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाले ७२ घण्टे अल्टिमेटम दिएको छ ।

माछापुच्छ्रे गाउँपालिका ६ स्थित भुमेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक समेत रहेका सामाजिक विषयमा स्थायी दरवन्दीका शिक्षक बुद्धि बहादुर मिजार र विद्यालय सहयोगी वर्षा परियारलाई गाउँपालिकाको कार्यापालिका बैठकले सहमती विनानै सरुवा गर्ने निर्णय गरेको भन्दै यसलाई सच्याउन माग गर्दै संगठनले यस्तो अल्टिमेटम दिएको हो ।

बिहीबार संगठनले गाउँपालिकाको लाहाचोकस्थित कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आफुहरुको माग ७२ घण्टाभित्र पुरा नभए पालिकाको कार्यालय र शिक्षा शाखामा तालाबन्दी सहित थप विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

गत असोज ३ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं – ६ स्थित भुमेश्वर माध्यमिक विद्यालयमा माध्यमिक तह तृतिय श्रेणी दरबन्दीका प्रध्यानाध्यापक मिजर र सहयोगी परियार र विद्यालय व्यवस्थापन समितिको सहमति विनानै सरुवा गर्ने निर्णयप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छे गाउँपालिकाका अध्यक्ष मातृका प्रसाद आचार्य र सचिव कृष्णप्रसाद चापागाईंद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा शिक्षा नियमावली–२०७५ तथा प्रचलित शिक्षा ऐन र नियमावली तथा कानूनमा भएको व्यवस्था विपरित शिक्षकको पेसागत मर्यादामा आँच आई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न असहज हुने हुनाले पूर्वाग्राही ढंगले गलत नजिर स्थापित गर्न दुराशय पूर्वक शिक्षक कर्मचारीको सरुवा गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तीमा, ‘माध्यमिक तहको एक मात्र स्विकृत दरवन्दी रहेको विद्यालयलाई मा.वि. दरवन्दी विहिन हुने अवस्था सिर्जन गरिएकाले विद्यालयहरुको आन्तरिक सुशासन खल्बलिने हुँदा यथासिघ्र निर्णय फिर्ता लिन जोडदार माग गर्दछौैं ।’ भनिएको छ ।

यस्तो छ ज्ञापनपत्र :


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।