आज सेप्टेम्बर २३ तारिक अर्थात सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस।
हरेक वर्षको सेप्टेम्बर २३ तारिकका दिन विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्दछन्।
सबै सुस्त श्रवण मानिसहरू र अन्य सांकेतिक भाषा प्रयोगकर्ताहरूको भाषिक पहिचान र सांस्कृतिक विविधतालाई समर्थन र संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउँदै आएको छ।
सुस्त श्रवण समुदायहरू, सरकारहरू र नागरिक समाज संठन र संघसंस्थाहरूले आफ्नो देशको जीवन्त र विविध भाषिक परिदृश्यहरूको भागको रूपमा राष्ट्रिय सांकेतिक भाषाहरूको प्रवद्र्धन र पहिचानमा आफ्ना सामूहिक प्रयासहरू कायम राख्न पनि यो दिवस मनाउने गरिएको हो।
यस वर्ष सन् २०२२ को नारा Sign Language Unite Us अर्थात् ‘सांकेतिक भाषाले हामी सबैलाई एैक्यवद्ध बनाउँछ’ तय गरेको छ ।
यो दिवसको लागि प्रस्ताव विश्व भरी लगभग ७० मिलियन सुस्त श्रवण व्यक्तिहरूको मानव अधिकारको प्रतिनिधित्व गर्ने उनीहरूको १३५ राष्ट्रिय संघहरूको महासंघ (WFD) बाट आएको हो।
प्रस्ताव A/RES/72/161 संयुक्त राष्ट्र संघमा एन्टिगुवा र बारबुडाको स्थायी मिसनद्वारा प्रायोजित गरिएको थियो । ९७ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रहरू द्वारा सहप्रायोजित यस प्रस्तावलाई १९ डिसेम्बर २०१७ मा सर्वसम्मतिद्वारा पारित गरिएको हो । सेप्टेम्बर २३ ले सन् १९५१ मा WFD स्थापना भएको मितिको सम्झना गर्दछ।
यसको मुख्य लक्ष्यहरू मध्ये सांकेतिक भाषाहरू र बहिरा संस्कृतिको संरक्षण गर्दै सुस्त श्रवण मान्छे को मानव अधिकार को रक्षा गर्नु हो । सन् २०१८ मा पहिलो पटक सांकेतिक भाषाको अन्तर्राष्ट्रिय दिवस मनाउन सुरु गरेको थियो ।
राष्ट्रिय बहिरा महासंघ नेपालले यस वर्षको सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस धरहरामा निलो बत्ती बालेर मनाउँदै छ । सेप्टेम्बर २३ तारिक (शुक्रबार) परेको अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा सुन्धारास्थित धरहरामा निलो बत्ति बालेर बहिरा समुदायको पहिचान, समानता, बिकास तथा मान्यताको संदेश प्रवाह गर्दै मनाउन लागेको हो ।
वहिरा महासंघ नेपालले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘बहिरा व्यक्तिहरुको पहिलो भाषाको रुपमा रहेको सांकेतिक भाषाको विकास, बिस्तार एवं प्रवद्र्धनको निकै महत्व रहेको छ । बहिरा व्यक्तिहरुको क्षमता विकास, शसक्तिकरण तथा अन्य व्यक्ति सरह सबल बनाउन उनीहरुको पहिलो शर्त नै सांकेतिक भाषा हो । तसर्थ, यस वर्ष राष्ट्रिय बहिरा महासंघले सेप्टेम्बर २३ गतेका दिन सुन्धारा, काठमाडौँस्थित धरहरामा निलो बत्ति बालेर बहिरा समुदायको पहिचान, समानता, बिकास तथा मान्यताको संदेश प्रवाह गर्दै मनाउन लागेको छ ।’
विश्वभरि ७२ मिलियन अर्थात् ७ करोड २ लाख भन्दा बढी मानिस सुस्त श्रवण शक्ति भएका छन् । यिनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख देशहरूमा बस्दै आएका छन् । समग्रमा भन्दा यी मानिसहरूले ३०० भन्दा बढी प्रकारका सांकेतिक भाषाहरू प्रयोग गर्दछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







