फाइल तस्विर
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शिक्षक कर्मचारी सरुवाको निर्णय फिर्ता लिन माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाले ७२ घण्टे अल्टिमेटम दिएको छ ।
माछापुच्छ्रे गाउँपालिका ६ स्थित भुवनेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक समेत रहेका सामाजिक विषयमा स्थायी दरवन्दीका शिक्षक वुद्धिबहादुर मिजार र विद्यालय सहयोगी वर्षा परियारलाई गाउँपालिकाको कार्यापालिका बैठकले सहमति विनानै सरुवा गर्ने निर्णय गरेको भन्दै यसलाई सच्याउन माग गर्दै संगठनले यस्तो अल्टिमेटम दिएको हो ।
बिहीबार संगठनले गाउँपालिकाको लाहाचोकस्थित कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आफूहरुको माग ७२ घण्टाभित्र पूरा नभए पालिकाको कार्यालय र शिक्षा शाखामा तालाबन्दीसहित थप विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
गत असोज ३ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं–६ स्थित भुवनेश्वर माध्यमिक विद्यालयमा माध्यमिक तह तृतिय श्रेणी दरबन्दीका प्रध्यानाध्यापक मिजार र सहयोगी परियार र विद्यालय व्यवस्थापन समितिको सहमति विनानै सरुवा गर्ने निर्णयप्रति संगठनको गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मातृकाप्रसाद आचार्य र सचिव कृष्णप्रसाद चापागाइँद्धारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा नियमावली–२०७५ तथा प्रचलित शिक्षा ऐन र नियमावली तथा कानूनमा भएको व्यवस्था विपरित शिक्षकको पेशागत मर्यादामा आँच आई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न असहज हुने हुनाले पूर्वाग्राही ढंगले गलत नजिर स्थापित गर्न दुराशयपूर्वक शिक्षक–कर्मचारीको सरुवा गरिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा, ‘माध्यमिक तहको एक मात्र स्वीकृत दरवन्दी रहेको विद्यालयलाई मा.वि. दरवन्दीविहिन हुने अवस्था सिर्जना गरिएकाले विद्यालयहरुको आन्तरिक सुशासन खल्बलिने हुँदा यथाशिघ्र निर्णय फिर्ता लिन जोडदार माग गर्दछौैं ,’ भनिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







