पत्रकार श्यामनाथ कुँवर प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
काउन्सिलले ५३ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा कुँवरलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
कुँवरलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरेकी हुन् । प्रेस काउन्सिलले हरेक वर्ष विभिन्न पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएको छ । कुँवर झन्डै साढे २ दसकदेखि पोखराको पत्रकारितामा क्रियाशील छन् ।
यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको काउन्सिलको सूचनामा उल्लेख छ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित १ लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा विस २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ देखि वरिष्ठ पत्रकारलाई दिन थालिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







