कास्की–२ मा लौरो अभियानबाट शिरिष गुरुङको उम्मेदवारी


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित




कास्की–२ मा लौरो अभियानबाट शिरिष गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् ।

कास्की २ बाट यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरि सकेकी गुरुङ लौरो अभियानबाट उम्मेदवार बन्ने भएकी हुन् ।

काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङलाई लौरो अभियानका तर्फबाट उम्मेदवार बनाउने घोषणा भएको हो ।

सामाजिक अभियानमा सक्रिय गुरुङले यसअघि जागौं पोखरा अभियानको नेतृत्व गर्दै ५१ दिने लामो शान्तिपूर्ण वार्ता समेत बसेकी थिइन् ।

शिक्षण पेशमा आबद्ध गुरुङले देशले परिवर्तन चाहेको बेला युवाहरु जुट्नुपर्ने साथै नीतिगत तहमा पुग्नुपर्ने भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।