बागलुङ । द्वन्द्वपीडितले आफ्नो अवस्था निकै कमजोर बन्दै गएको बताएका छन् । उनीहरुले वर्षौंदेखि आफन्तको न्यायका लागि लड्दालड्दै भएको जायजेथासमेत सकिएको गुनासो गरेको छन् । बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताले सशस्त्रद्वन्द्वका समयमा बेपत्ता भएका, मरेका तथा मारिएकाको आफन्तले अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको गुनासो पोखेका छन् ।
द्वन्द्वपीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो गरे । उनले द्वन्द्वपीडितको अवस्था दिनप्रतिदिन नाजुक र दयनीय बन्दै गएको भन्दै जीवनस्तर उकास्न कसैको ध्यान नपुगेको गुनासो गरे । उनले लामो समयदेखि न्यायका लागि सङ्घर्ष गरिरहेका नागरिकलाई सरकारले मलमपट्टी गर्न नसकेको भन्दै पीडित झन्झन् पीडामा परिरहेको बताए ।
उनले सरकारले पीडितको जीविकोपार्जनका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले लामो समयदेखि न्याय पाउने आशामा रहेको भन्दै सरकारले यो काम गर्न नसके गाँठो फुकाई दिनुपर्ने मागसमेत गरे । द्वन्द्वपीडित जशोधादेवी शर्माले न्याय नपाएसम्म आफूहरुको सङ्घर्ष जारी रहने बताए ।
उनले विगतमा धेरैथरीका आश्वासन आए पनि यतिका वर्ष बितिसक्दा पनि न्याय पाउने विषयको अत्तोपत्तो नभएको गुनासो गरे । उनले परिवार गुमाउँदाका पीडा आफूहरुलाई मात्रा थाहा हुने भन्दै सम्बन्धित निकायले बेपत्ता भएका र द्वन्द्वमा ज्यान गुमाएकाको अपमान गरेको बताए ।
शहीद तथा बेपत्ता परिवारका सदस्य लामो समयदेखि न्यायका लागिक चारैतिर भौतारिँदा पनि उनीहरुको पीर, ब्यथालाई बुझ्न नसकेको गुनासो गरे । सशस्त्र द्वन्द्वका समयमा बागलुङका एक सय ४९ जनाले ज्यान गुमाउनुपरेको थियो भने अहिलेसम्म २४ जना बेपत्ताको सूचीमा छन् । दुईजना भने फेला परेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







