विश्व फर्मासिस्ट दिवस


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित




आज सेप्टेम्बर २५ तारिक अर्थात विश्व फर्मासिस्ट दिवस्।

हरेक वर्षको सेप्टेम्बर २५ तारिकका दिन यो दिवस मनाइन्छ।

सन् १९१२ को सेप्टेम्बर २५ मा यस संस्थाको स्थापना भएको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २५ मा यस दिवस मनाउने चलन छ।

हरेक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मासिस्ट दिवस हरेक फार्मासिस्ट, औषधि वैज्ञानिक, र यस क्षेत्रको सबै हिस्साहरूको साझा दिवस हो। विश्वभर करिब ४ करोड मानिस फार्मेसी पेसामा संलग्न छन्। विश्व फार्मासिस्ट दिवस एक स्वागत कार्यक्रम मात्र नभइकन विश्वव्यापी स्वास्थ्य क्षेत्रमा सुधार गर्न खेल्ने भूमिकालाई सम्मान गर्ने महत्वपूर्ण दिवसका रुपमा पनि लिइन्छ।

इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन ४० लाख भन्दा बढी फार्मास्युटिकल र फार्मास्यूटिकल वैज्ञानिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी निकाय हो। इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन एक गैर(सरकारी संस्था हो जुन १९४८ देखि विश्व स्वास्थ्य संगठनसँग आधिकारिक सम्बन्धमा रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।