निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्दै


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले आचारसंहिताबारे आज (आइतबार) राजनीतिक पार्टीसँग छलफल गर्दैछ।

आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ।

मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ।

आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने वा नजाने जानकारी आइसकेको छैन।

आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो।

गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।