फाइल तस्विर
पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाले घोषणा गरेको आन्दोलनका कार्यक्रम असोज १२ गतेसम्मका लागि स्थगित गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका ६ स्थित भुमेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक समेत रहेका सामाजिक विषयमा स्थायी दरवन्दीका शिक्षक बुद्धि बहादुर मिजार र विद्यालय सहयोगी वर्षा परियारलाई गाउँपालिकाको कार्यापालिका बैठकले सहमती विनानै सरुवा गर्ने निर्णयलाई सच्याउन माग गर्दै संगठनले आन्दोलनको घोषणा गरेको थियो ।
संगठनले राखेका मागका विषयमा पालिका अध्यक्ष, स्वकिय सचिव सहित संगठनका पदाधिकारी सहितको छलफलमा शिक्षकहरुको मागप्रति पालिका सकारात्मक रहेको प्रतिवद्धता पाइएपछि आन्दोलनका कार्यक्रम असोज १२ गतेसम्मका लागि स्थगित गरिएको संगठनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
संगठनका अध्यक्ष मातृका प्रसाद आचार्य र सचिव कृष्णप्रसाद चापागाईंद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘गाउँपालिका अध्यक्ष, स्वकिय सचिव सहित संगठनका अध्यक्ष, सचिव र कोषाध्यक्ष सहितको छलफलमा संगठनले राखेका मागका विषयमा असोज १२ गते बस्ने गाउँकार्यपालिको बैठकमा छलफल हुने र विद्यालय व्यवस्थापन समितिको दोहोरो सहमति विना शिक्षक सरुवा नगरिने र शिक्षा ऐन, नियमावली र प्रचलित ऐन नियम अनुसार गरिने प्रतिवद्धता भएको छ ।’ भनिएको छ ।
गत असोज ३ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं – ६ स्थित भुमेश्वर माध्यमिक विद्यालयमा माध्यमिक तह तृतिय श्रेणी दरबन्दीका प्रध्यानाध्यापक मिजर र सहयोगी परियारलाई विद्यालय व्यवस्थापन समितिको सहमति विनानै सरुवा गर्ने निर्णय गरेको प्रति संगठनले निर्णय फिर्ता लिन माग गर्दै गत असोज ६ गते पालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







