नवौँ राष्ट्रिय खेलकुदः ४ हजार ३३५ खेलाडीले नाम दर्ता गराए


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित




मा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

नवौँ खेलकुदका लागि आइतबारसम्म ७ प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो खेलाडीहरुको नाम दर्ता गराएका हुन्।

नवौँका लागि अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गरेको छ। गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, त्रिभुवन आर्मीले ६७३ जना खेलाडी दर्ता गरेको छ।

एपीएफले ५२२, नेपाल प्रहरीले ४८८, सुदुरपश्चिम प्रदेशले ४३६, बागमती प्रदेशले ४३०, प्रदेश १ ले ३७१, मधेश प्रदेशले २६२, कर्णाली प्रदेशले १९७, एनआरएनएले १३१ र लुम्बिनी प्रदेशले १२३ जना खेलाडी दर्ता गराएको प्राविधिक उपसमितिले जनाएको छ। नवौ राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।