पोखरा । साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराको सडकमा बनाइएको साइकल लेन पार्किङको अतिक्रमणमा परेको छ । साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइपेलाइमा परेको देखिन्छ । पोखरा महानगरपालिकाले बनाएको जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड विपीचोक र महेन्द्र पुल क्षेत्रको साइकल लेनमा जथाभाबि पार्किङ गरेको भेटिन्छ ।
स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि पार्किङ समस्याले साइकल यात्रीलाई निरुत्साहित बनाएको छ । साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकल लेन निर्माण गरिएको साइकल लेन निर्माण उपभोक्ता समितिका संयोजक राजन गोंगजुले जानकारी दिए ।
साइकल लेन निर्माणका लागि पोखरा महानगले रु तीस लाख खर्चिएको संयोजक गोंगजुले बताए । महानगरले उपलब्ध रु तीस लाखमा उपभोक्ता समितिले पाँच लाख ३० हजार उठाएर लेन बनाएको हो । उनका अनुसार रातारात काम गरेर आयोजनाको काम सकाएको हो । पोखरादेखि हेम्जासम्मै पु¥याउने योजना भए पनि बजेट अभाव कारण नसकिएको उनले सुनाए ।
आगामी दिनमा पोखराभरी नै सडकको दुबै तर्फ लेन बनाउने योजना रहेको छ । पोखरा महानगरले जिरो किलोमिटरदेखि महेन्द्रपुलसम्म बनाएको लेनमा साइकल चलाउँदा पटक–पटक समस्या भाग्नु परेको साइकल यात्री विश्व तण्डुकारले बताए ।
पार्किङ नगर्न नराउनका लागि साइकल सिटी पोखराले जनचेतनामूलक कार्यक्रम गर्न लागेको साइकल सिटी पोखराका उपाध्यक्ष राजन गोंगजुले जानकारी दिए । पोखरामा दैनिक एक हजार साइकल गुड्छन् । साइकल सिटी पोखरामा अहिले दुई सय ५० भन्दा बढी साइकलयात्री आवद्ध रहेका छन् । संस्थामा आवद्ध नभएका त्यो भन्दा बढिरहेको उनले जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आवश्यकताका आधारमा बने पनि अव्यवस्थित बनेको प्रतिक्र्रिया दिए। थोरै भएका कारण पनि धेरैले यसको महत्व नबुझेको उनको भनाइ छ । महानगरले पार्किङलाई थप व्यवस्थापन गरिरहेकाले केही समयपछि साइकल लेनमा पार्किङ गर्न बन्देज लगाउने प्रमुख आचार्यले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







