मदिरा पिउने चालक कारबाहीमा


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित




बागलुङ । समय समयमा सवारी साधनमा हुने भीडभाड, सडकमा हुने भीडभाड र असावधानीका कारण हुने दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको छ ।

अहिले जिल्लाका विभिन्न ठाउँमा नागरीक सहायता कक्ष स्थापना गरेर प्रहरी थप सक्रिय भएको हो । सदरमुकाम बागलुङ बजार, गलकोट, कुश्मीशेरा, बुर्तिबाङ, खर्वाङलगायत जिल्लाका ६ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

बाइस ट्राफिक प्रहरी र नेपाल प्रहरीले २४ घण्टा सहयता कक्षबाट नागरिकका गुनासा सुन्ने र सवारी साधनको निगरानी गर्ने भएका छन् । चाडपर्वका बेला सवारी साधनको दुर्घटना न्यूनीकरण योजना २०७९ अन्तर्गत उनीहरुलाई परिचालित गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँमा स्थायीरुपले केही ठाउँमा मादकपदार्थ सेवन गरे÷नगरेको जाँच गर्न, केही युनिटलाई नियमित चेकिङ, मोबाइल गस्ती, सहायता कक्ष, विपद् उद्धार, राजमार्ग गस्तीलगायत जिम्मेवारी दिइएको छ ।

मादक पदार्थ सेवनको परीक्षण, नागरिकको गुनासो आए तत्काल समाधान, दुर्घटनमा तत्काल उद्धार, चोरी, झैझगडा र सवारी साधनले गर्ने यात्रु तानातान कम गर्न समेत प्रहरी सक्रिय हुने उनले बताए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।