सूचनामा विश्वव्यापी पहुँचको दिवस


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित




आज अंग्रेजी सेप्टेम्बर महिनाको २८ तारिक अर्थात सूचनामा विश्वव्यापी पहुँचको दिवस।

आजको दिन नेपाल लगायत विश्वभर सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइन्छ।

दिवसका अवसरमा यस वर्ष सूचनामा यो दिवसमा सूचनाका माध्यमहरुमा आर्टिफिसियल इन्टलिजेन्स, अनलाइन डिजिटल माध्यम र पहुँचका बारेमा बहस गर्ने Artificial Intelligence, e-Governance and Access to Information नारा तय गरेको छ।

सूचनामा पहुँचको महत्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र संघस्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो।
सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढंले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियानमा युनेस्को कार्यरत छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।