म्याग्दीको बेगखोलामा ह्युमपाइप राखियो


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित




म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, बेनी–जोमसोम–कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो।

बेगखोलामा सवारीसाधनलाई सहज रूपमा आवत–जावतको व्यवस्था मिलाउन बेनीबाट२ वटा ह्युमपाइप लगेर राखिएको बेनी यातायात प्रालिका सञ्चालक टीका पुर्जाले जानकारी दिएका छन्।

‘बेनीबाट बेगखोलासम्म ह्युमपाइप ढुवानी बेनी यातायात प्रालिले गरेको हो,’ उनले भने, ‘ह्युमपाइपलाई खोलामा राख्न बेगखोलामा निर्माणाधीन पुलका ठेकेदारले डोजर उपलब्ध गराएका थिए ।’

२०७३ सालमा आएको बाढीले बेगखोलामा एक जना मानिस, ११ ओटा घर, झोलुङ्गे पुल र बेलीब्रिज बगाएको थियो। पक्की पुल निर्माण गर्न ढिलाई हुँदा बेगखोलामा बाढी आएको अवस्थामा सवारीसाधन आवतजावत बन्द हुने गरेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।