आज विश्व मुटु दिवस


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित




आज अंग्रेजी महिनाको २९ तारिका अर्थात विश्व मुटु दिवस।

नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर आजको दिन विश्व मुटु दिवस मनाइँदैछ ।

‘हरेक मुटुलाई मुटुदेखि नै माया गरौँ’ भन्ने उद्देश्यसहित यो वर्ष २०२२ मा ‘Use Heart, For Every Heart’ को नारासहित विश्व मुटु दिवस मनाइँदैछ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउँदै आएको हो।

हरेक वर्ष मुटुसम्बन्धी रोगका कारण विश्वमा १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको तथ्यांक छ। नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको तथ्यांकहरुले देखाउँछ। नेपालमा भने हाल २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ।

धुम्रपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेको, तारेको खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने स्वास्थ्यविद्हरु बताउँछन्।

स्वास्थ्यविद् तथा चिकित्सकहरुका अनुसार व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसँगको दूरीका कारण पनि हामी सबै जना हृदय रोगको संभावित जोखिममा छौँ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।