नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिले बुधबार शुभकामना आदान–प्रदान गरेको छ।
सो अवसरमा महासंघले पोखरा उद्योग वाणिज्य संघमा निर्वाचित अध्यक्ष लगायतलाई सम्मान तथा बधाई ज्ञापनसमेत गरेको छ ।
नेपालीहरुको महान पर्व वडादशैं, दीपावली, छठ, नेपाल संवत् लगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलालगायतलाई महासंघले सम्मान तथा बधाई ज्ञापन गरेको थियो।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष पदमलाल श्रेष्ठले सरकारले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सेदार मुद्रण उद्योगीलाई हेप्ने काम गरेको बताए। उनले नेपालमा ४ हजार मुद्रण उद्योग स्थापना भएको र त्यसमा करिब ८५ अर्व लगानी भएको जानकारी दिए। यसमा १ लाखले रोजगारी पाउनुका साथै ४ लाख जना आश्रित रहेको उनले बताए।
संघका अध्यक्ष पवन प्रजापतिले आफू सधैं उद्योगी व्यवसायीको साथमा रहने प्रतिवद्धता जनाए। उनले उद्योगी, व्यवसायीको क्षमता बढाउन संघले ध्यान दिने प्रतिबद्धता जनाए।
पोउवासंघका महासचिव बलराम आचार्यले व्यवसायीको हक र हितका लागि आफूहरु तत्पर रहेको भन्दै मुद्रण उद्योगको समस्या समाधानका लागि छलफल गरिने स्पष्ट पारे।
कार्यक्रममा गोरखा मिलन समाजका अध्यक्ष कोपिला श्रेष्ठ, महासंघका सचिव जीवन गोर्खाली, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष महेन्द्र बजिमय, मुद्रण उद्योग संघ कास्कीका सचिव रामप्रसाद भुर्तेल, सल्लाहकार कृष्णप्रसाद ढुंगानालगायतले बोलेका थिए।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष वसन्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले स्वागत र महासचिव मनोहर दाहालले कार्यक्रम सञ्चालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







