डोटी । डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ । आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र ब्यापार–व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिइरहेका हुन् ।
करिब तीन वर्ष दुबईमा काम गरी नेपाल फर्केपछि कृषि व्यवसायका रुपमा बाख्रापालन गदै आइरहेका डोटी पूर्वचौकी गाउँपालिका–७ का देव बोगटीले विदेशकोभन्दा आफ्नै गाउँघरमा राम्रो कमाइ भएको बताए ।
विसं २०७२ सालमा विदेशबाट फर्किनु भएका उनले २०७३ सालदेखि दुई–चारवटा बाख्राबाट सुरुआत गरेका व्यवसायमा हाल ६०, ७० वटा बाख्रा पुगेको बताए । उनी मात्र होइन सहकारीको रोजगार छोडेर कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरी लोकल कुखुरापालन गरिरहहेकी पूर्वचौकी गाउँपालिका– ४ साना गाउँकी सरस्वती कुँवरले पनि आफ्नै व्यवसाय सुरुआत गरेपछि आन्दानीका स्रोत बढ्नाका साथै आर्थिकरुपमा सबल हुँदै आएको बताईन ।
करिब रु १५ लाख बराबरको लगानीमा फार्म सञ्चालन गरेकी सरस्वतीले लोकल कुखुराको माग धान्न सकिरहेकी छैनन । व्यावसायिकरुपमा कुखुरापालन गर्दा दुबै दम्पती स्वरोजगार हुनाका साथै छोराछोरीलाई पढाउन लेखाउन सहयोग पुग्ने गरेकोे बताए । उनले सञ्चालन गरेको फार्ममा भेटनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रलेसमेत सहयोग गरेको थियो ।
व्यावसायिकरुपमा पशुपालन गर्दा आर्थिक स्थितिमा सहयोग पुग्नाका साथै छोराछोरी पढाउन सहयोग पुगेको बडिकेदार गाउँपालिका–४ बुराउसेका तारासिँह मन्नले बताए । तारासिँहले अहिले व्यावसायिकरुपमा बाख्रा पालन गर्दै आइरहेका छन ।
हाल ७०, ८० वटा बाख्रा पालेका उनले आफूलाई खोर सुधारमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहयोग गरेको बताए । जिल्लाको समग्र पशुपक्षी विस्तार र घाँस सुधारमा वृिद्ध गरी आत्मनिर्भर बनाउने कार्यक्रमलाई निरन्तरता दिने गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्गबहादुर साहले बताए।
सोही प्रकृतिका कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिइने प्रमुख शाहको भनाइ थियो । जिल्लामा पछिल्लो समयमा व्यावसायिकरुपमा कृषि, पशुपालन गर्न, ब्यापार, व्यवसाय आम्दानीका स्रोत वृिद्ध गर्ने कार्यमा बढी युवा नै रहेका छन् । जिल्लाको समग्र अवस्था हेर्दा पशुपक्षीपालन, तरकारी खेती, व्यापार ब्यवसाय लगायत सबै क्षेत्रमा युवाहरुको सहभागिता बढी रहेको पाईन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







