गोरखाको शहीद लखन गाउँपालिकाले पालिकाभित्रका अगुवा किसानलाई प्राङ्गारिक मल बनाउने तालिम प्रदान गरेको छ ।
गाउँपालिकाको अर्गानिक उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका ७१ अगुवा किसानलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।
“रासायनिक मलको प्रयोगबिना गाउँमा खेतीपाती नै नहुनेजस्तो अवस्था भइसक्यो”, उनले भने, “स्थानीय सरकारले अब किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न प्रेरित गर्नुपर्छ भन्ने उद्देश्य तालिम सञ्चालन गरिएको हो ।”
तालिम तथा अभिमुखीकरण कार्यक्रममा पालिकाभित्रका नौ वटै वडाका अगुवा किसानको समेटिएको उनले बताए । रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटो पनि बिगँ्रदै जाने र उत्पादनसमेत विस्तारै घट्दै जाने अवस्था आएको भन्दै गाउँपालिकाले कृषकलाई प्राङ्गारिक मलको प्रयोगमा जोड दिन तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष थापामगरले बताए ।
“रासायनिक मलको क्षणिक उत्पादन दिए पनि दीर्घकालीन रुपमा यसको प्रयोग फाइदाजनक हँुदैन, उनले भने, “अब अर्गानिक उत्पादन बढाउन रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गर्न खोजिएको छ ।”
तालिममा एग्रीटेक मल्टीनेशल प्रालिका सञ्चालक डा विष्णुबहादुर थापाले किसानलाई प्राङ्गारिक मल बनाउने विधि र प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराए । तालिममा सहभागी किसानले तालिमबाट सिकेको कुरालाई व्यवहार लागू गर्ने बताएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







