पोखरा, असोज १५
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणाली (सिस्टम)माथि आक्रमण गरेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेर सिष्टममाथि आक्रमण गरेको आरोप लगाएका हुन् । प्रजातन्त्रमा कुनैपनि विषयमा मतभेद र विमत्ती हुनसक्ने भएपनि विधि र प्रक्रिया पूरा गर्नु सबैको दायित्व भएको बताउँदै उनले भने,‘तर विडम्वना ! राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन । यसले सिस्टममाथि अट्याक गरेको छ ।’ सिस्टममाथि अट्याक गर्ने कुरा पश्चगामी चिन्तन भएको उनको टिप्पणी थियो । ‘राष्ट्रपतिसहित सबैजना विधि र प्रक्रियामा चल्नैपर्छ’–उनले भने ।
पूर्व कानून्मन्त्रीसमेत रहेका माओवादी महासचिव गुरुङले राष्ट्रपतिको पछिल्लो कार्यले शक्ति पृथकीकरणको सिद्धान्तमाथिपनि प्रश्न खडा गरेको बताए । संसदले पारित गरेका विषय राष्ट्रपतिले डेढलक गर्ने, प्रमाणीकरण नगर्ने नगर्दा व्यवस्थापिकाको औचित्यमाथि प्रश्न खडा हुने बताए । उनले आगामी दिनमापनि राष्ट्रपतिले अहिलेजसरी नै डेढलक गर्दिए के हुन्छ भन्ने प्रश्न गर्दै थपे,‘अहिले व्यवस्थापिका (संसद)ले पारित गरेको विषय प्रमाणीकरण गर्दिन भन्नुभयो । भोलि मन्त्री परिषदले गरेका निर्णयपनि डेढलक भयो भने के गर्ने ? त्यसपछि सरकार कसरी सञ्चालन गर्ने ? ।’ राष्ट्रपतिको अहिलेको निर्णयले भविष्यमापनि खतरा आउनसक्नेतर्फ संकेत गर्ने उनले बताए । ‘आज नागरिकता विधेयक रोक्ने राष्ट्रपतिले भोलि चुनाव पछिको सफतग्रहण गर्न जाँदा चुनाव ठीक ढंगले भएन । चित्तबुझ्दो भएन त्यसैले म सफत खुवाउँदिन भन्नुभयो भने के हुन्छ ? ’–उनले भने ।
महासचिव गुरुङले नेपालमा सामन्तवाद पूर्ण रुपमा समाप्त भइनसकेको बताए । भौतिक रुपले सामन्तवाद र राजतन्त्र बिस्थापित भएपनि चिन्तन, सोंच र संस्कारको दृष्टिकोणले सामन्तवाद पूर्ण रुपले बिस्थापित भइसकेको छैन’–उनले भने । राजनीतिक संरचनामा सामन्तवाद र राजतन्त्र बिस्थापित भएपनि संस्कार, संस्कृति, चिन्तन र सोंचमा भने पूर्ण रुपमा बिस्थापित भइनसकेको उनको भनाई थियो ।
महासचिव गुरुङले एमाले अध्यक्ष केपी ओली घोर पश्चगामी नेता भएको टिप्पणी गरे । पश्चगामी सोंचकै कारण ओलीले दुई÷दुई पटक संसद विघटन गर्ने, संविधानमाथि आक्रमण गर्ने प्रयास गरेको उनको आरोप थियो । ‘अग्रगामी त परको कुरा । संघीय लोकतान्त्रिक गणतन्त्रको यथास्थितिमा रहनेपनि चिन्तन ओलीमा देखा परेन । सोहि सोंचका कारण संसद पटक÷पटक विघटन गर्ने । संसद ९ महिनासम्म चल्न नदिने । संविधानलाई तोडमरोड गर्ने चिन्तन देखाप¥यो ।’ ओलीको पश्चगामी सोंचलाई परास्त गर्न वाम लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरिएको उनको प्रष्टोक्ती थियो । उनले आगामी चुनाव संघीय लोकतान्त्रिक गणतन्त्र कि पश्चगामी सोंच बीचको भिडन्त भएको बताए ।
नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका महसचिव देव गुरुङ । तस्बिर ः सन्देश÷नागरिक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







