कोलपाटन आमा समुहको अध्यक्षमा सावित्री


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १७ स्थिति कोलपाटन आमा समुहको चौधौ साधारण सभा एवम् सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यी कार्य समिति सर्वसम्वत चयन गरेको छ ।

समुहको उपाध्यक्षमा अम्वा पराजुली, सचिव करणा बराल, सहसचिव सर्मिला पौडेल, कोषाध्यक्षमा शुशिला वानिया, सहकोषाध्यक्षमा सविना वानिया र सदस्यहरुमा लक्ष्मी गौतम, सिता कुँवर, सरस्वती पराजुली, सुष्मा पौडेल, पशुपति वानिया, सिमा थापा, लक्ष्मी शर्मा बराल, सिता बराल र सावित्री पराजुली रहेका छन् ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिवेशनको उद्घाटन गर्दै प्राप्त हक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु पर्ने बताइन् ।

आमा समुहको माध्येमवाट महिलाले नेतृत्व विकाससंगै आयआर्जनमा समेत जोडिएको बताउँदै उनले यस्ता समुहलाई जनताको नजिकको स्थानीय सरकारको साथ र सहयोग हुनु पर्ने आवश्यकता औल्याइन् ।

पोखरा महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष तोरण बानियाले वडाका अति आवश्यक र अधुरा विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने अभियानमा जुटेको बताए ।

कार्यक्रममा उपसभामुख शर्माले कोलपाटन वहुदेश्यीय भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था एवम व्यक्तिहरुलाई सम्मान गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।