विश्व अहिंसा दिवस


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७९ मा प्रकाशित




आज अंग्रेजी महिनाको अक्टोवर २ अर्थात नवौं अन्तर्राष्ट्रिय अहिंसा दिवस।

नेपाल लगायत अन्तराष्ट्रियस्तरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

वर्णभेदलाई अन्त गरौँ भन्ने उद्देश्यका यो वर्ष ‘End Racism Build Peace’ अर्थात ‘वर्णभेद अन्त्य गरौं, शान्ति निर्माण गरौं’ नारा तय गरिएको छ।

दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गर्दछन्।

विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो। विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो।

सन् २००८ देखि राष्ट्र संघका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन्। नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो। आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएका छन्।

नेपालस्थित भारतीय दूतावासले दिवसका अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्दै आएको छ।

महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउनु भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।