काँग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७९ मा प्रकाशित




काँग्रेसले व्यापक हेरफेरपछि समानुपातिक सूचीको अन्तिम नामावली बुझाएको छ।

शनिबारदेखि रातभर बैठक बसेर बिहानपख टुंगो लगाएको थियो। काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार काँग्रेसले अन्तिम सूची बुझाएको छ।

निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा त्रुटि संशोधनका लागि आजसम्मको समय दिएको थियो। बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले भोलिसम्म फिर्ता लिन सक्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।