पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७९ मा प्रकाशित




पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको बडा दशैंमा पनि सर्वसाधारणलाई टिका नलगाइदिनु हुने भएको छ ।

डेंगु रोगको महामारी फैलिरहेका बेला स्वास्थ्य लाई मध्यनजर गरेर शाहले सर्वसाधारणलाई टिका नलगाइदिनु हुने निर्णय लिनु भएको उनका संवाद सचिव फणी पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने तथा सार्वजनिक टिका कार्यक्रम नगर्ने भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।