आज बडादशैंको मुख्य दिन टिका लगाएर मनाईदै


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०७९ मा प्रकाशित




१९ असोज

नेपालीको महान चाँड बडा दशैंको आज मुख्य दिन टिका । मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । नवरात्रीका नौं दिन पूजा गरिएको देवीको प्रसादको रुपमा रहेको टीका र जमरा लगाईदिने चलन रहेको हो ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । नेपालको पुर्वी क्षेत्रमा बिजयादशमीदेखि कोजाग्रत पुर्णिमाको दिनसम्म नै टिका लगाउने चलन छ । तर पश्चिमी क्षेत्रमा भने बिजयादशमीका दिनमा मात्रै टिका लगाउने चलन छ । केहि केहि क्षेत्रमा भने बिजयादशमीमा टिका लगाउन नभ्याउनेले कोजाग्रत पुर्णिमाको दिन टिका लगाउने गरेको पाईन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।