यी हुन् कास्कीका प्रतिनिधि सभाका एमाले उम्मेदवारहरु


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०७९ मा प्रकाशित




नेकपा एमालेले कास्कीमा प्रतिनिधि सभाका उम्मेदवारहरु टुंग्याएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्कीमा प्रतिनिधि सभाका तीन वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएका हुन् । एमालेले अध्यक्ष ओलीलाई उम्मेदवार चयन गर्ने जिम्मा दिएको छ ।

एमाले निकट श्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ मा मनबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यसअघि उक्त क्षेत्रबाट एमालेका खगराज अधिकारी निर्वाचित भएका थिए । अधिकारीले प्रदेश सभाको उम्मेदवार बन्ने चाहना राखेपछि गुरुङलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको हो । गुरुङ एमाले कास्कीका अध्यक्ष तथा निवर्तमान गण्डकी प्रदेश सभा सदस्य हुन् ।

त्यस्तै, एमालेले कास्की क्षेत्र नम्बर २ मा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारीको निधनपछि भएको उप चुनावमा भट्टराई सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

यसैगरी, एमालेले कास्की क्षेत्र नम्बर ३ मा दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ । यसअघि उक्त क्षेत्रबाट एमालेका जगतबहादुर विश्वकर्मा निर्वाचित भएका थिए । विश्वकर्मा खेलकुद मन्त्री हुँदा आफ्नो क्षेत्रमा केहि गर्न नसकेको आलोचना भएपछि उनको सट्टामा एमालेले अवसर नपाएका भनेर चिनिएका बैरागीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।