नेकपा एमालेले कास्कीका प्रदेश सभा सदस्यका उम्मेदवारहरुपनि टुंगो लगाएको छ । एमालेले कास्कीका ६ वटै प्रदेश सभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको हो । एमाले निकट श्रोतका अनुसार कास्की १ (क)मा एमालेले खगराज अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी निवर्तमान कास्की १ का प्रतिनिधि सभा सदस्य हुन् । अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने चाहनासहित प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेको चर्चा छ ।
कास्की १ को (ख) मा एमालेले बेदबहादुर गुरुङ (श्याम)लाई उम्मेदवार बनाएको छ । उनी मादी गाउँपालिकाका निवर्तमान प्रमुख (अध्यक्ष) हुन् ।
कास्की २ को (क)मा एमालेले भीम कार्कीलाई उम्मेदवार बनाएको छ । उनी यसअघि भूमि आयोगका सदस्य थिए ।
त्यस्तै, कास्की २ को (ख)मा एमालेले मीना गुरुङलाई उम्मेदवार बनाएको छ । निवर्तमान समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य रहेका गुरुङलाई एमालेले यसपटक प्रत्यक्षतर्फ टिकट दिएको हो ।
यसैगरी, एमालेले कास्की क्षेत्र नम्बर ३ को (क)मा गणेशमान गुरुङलाई उम्मेदवार बनाएको छ । पुराना एमाले नेता उनी पहिचानको मुद्धामा मत नमिलेपछि अशोक राईसँगै विद्रोह गरेर नया पार्टी खोल्न पुगेका थिए । पछि जसपामा रहेका उनी एक वर्ष अघि एमाले फर्किएका थिए ।
एमालेले कास्की क्षेत्र नम्बर ३ को (ख)मा राजिव पहारीलाई उम्मेदवार बनाएको छ । पहारी यसअघिपनि सोहि क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







