आज विश्व हुलाक दिवस


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




आज अंग्रेजी अक्टोबर महिनाको ९ तारिक अर्थात विश्व हुलाक दिवस।

अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउँदै आएको हो।

सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको थियो। विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ।

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा संचारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो।

नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो। सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।