निर्वाचनका लागि तनहुँमा ३६०० जनशक्ति परिचालन गरिने


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३ हजार ६ सय ६० जनशक्ति परिचालन गरिने भएको छ ।

जिल्लामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले सबै मतदान स्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ १ हजार ८ सय २४ र क्षेत्र नं २ तर्फ १ हजार ८ सय ३६ कर्मचारी परिचालन गरिनेछ । क्षेत्र नं १ तर्फ १ लाख २३ हजार ४ सय ९० मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार १ सय ४४ र प्रदेश २ तर्फ ५६ हजार ३ सय ४६ मतदाता छन् । प्रदेश १ तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् ।

प्रदेश १ अन्तर्गतका ८२ मतदान केन्द्रमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, ४ सय १० सहायक, ८२ सहयोगी नियुक्त गरिनेछ । त्यस्तै अन्य ६ सय ५६ र ३ सय २८ स्वयंसेवक नियुक्त गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश २ अन्तर्गतका ७० मतदान केन्द्रमा ७० मतदान अधिकृत, ७० सहायक मतदान अधिकृत, ३ सय ५० सहायक, ७० सहयोगी, ५ सय ६० अन्य र २ सय ८० स्वयंसेवक नियुक्त गरिनेछ ।

तनहुँ क्षेत्र नं २ अन्तर्गत १ लाख २५ हजार ५ मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार ९ सय ७३ मतदाता छन् । प्रदेश १ तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।

प्रदेश १ अन्तर्गतका ८० मतदान केन्द्रमा ८० मतदान अधिकृत, ८० सहायक मतदान अधिकृत, ३ सय २० सहायक, ८० सहयोगी, अन्य ६ सय ४० र स्वयंसेवक ३ सय २० जना परिचालन गरिने कार्यालयले जनाएको छ ।

प्रदेश २ अन्तर्गतका ७३ मतदान केन्द्रमा ७३ मतदान अधिकृत, ७३ सहायक मतदान अधिकृत, २ सय ९२ सहायक, ७३ सहयोगी, अन्य ५ सय ८४ र २ सय ९२ स्वयंसेवक परिचालन गरिनेछ ।

जिल्लाका मतदान केन्द्रमा प्रति केन्द्र ५ वटाका दरले १ हजार ५ सय २५ मतपेटिका व्यवस्थापन गरिने निर्वाचन अधिकारी ढकालले बताए । त्यस्तै प्रति केन्द्र एउटाका दरले ३ सय ५ मतदान सामग्री व्यवस्थापन गरिनेछ ।

निर्वाचन सम्पन्न गराउनका लागि दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र दुलेगौडास्थित शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।