कास्की-३ मा गठबन्धनबाट बरालले पाए टिकट


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा गठबन्धनबाट रामजीप्रसाद बरालले उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनबीच भएको भागवण्डामा नेकपा माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा माओवादीका बरालले टिकट पाएका हुन् । सो क्षेत्रमा बराल बाहेक दुर्गा विक दाबेदार थिईन् । बराल गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् । उनी यसअघि २०७४ सालको निर्वाचनमा कास्की ३ को (क)बाट निर्वाचित भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।