कास्की-२ को (ख)मा थापाले पाए टिकट


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नम्बर २ को (ख) मा विन्दुकुमार थापाले टिकट पाएका छन् । सत्ता गठबन्धनबीचको सहमतिमा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेपछि कांग्रेसले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापा गण्डकी प्रदेशका सञ्चार, प्रविधि तथा प्रदेश सभा मामिला मन्त्री हुन् ।

कास्की २ को (ख)मा कांग्रेसका दुई भिआईपीहरुबीच कसले टिकट पाउने भन्ने भिडन्त थियो । सो क्षेत्रमा मन्त्री थापा र अर्का गण्डकी प्रदेशकै भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको दाबी थियो । तर अन्ततः थापाले टिकट ल्याउने बाजी मारेका हुन् । थापा यसअघिपनि सोहि क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।