कास्की-१ को (ख)मा गुरुङ र कास्की-३ को (ख)मा बराल गठबन्धनको उम्मेदवार


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नम्बर १ को (ख)मा नेपाली कांग्रेसले दीपक गुरुङ (माईला)लाई उम्मेदवार खडा गरेको छ । सत्ता गठबन्धनबीच कास्की १ को (ख) कांग्रेसले पाउने सहमति भएपछि कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ कांग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् । गुरुङ तरुण दलका नेता हुन् ।

त्यस्तै, कांग्रेसले कास्की क्षेत्र नम्बर ३ को (ख)मा प्रकाश बराललाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबीचको भागवण्डामा सो क्षेत्र कांग्रेसको भागमा परेपछि कांग्रेसले बराललाई टिकट दिएको हो । यद्यपी यसअघि माओवादीलेपनि यहि क्षेत्र पाएको भन्दै दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उम्मेदवारी दर्तापछि मात्रै यसको छिनोफानो हुने देखिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका बराल नेपाली कांग्रेस गण्डकीको मुख्य सचिव हुन् । बरालले लामो समय कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।