पोखरा, असोज २३
कास्की क्षेत्र नम्बर–१ मा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । एमालेले दलबलसहित उम्मेदवारी दर्ता स्थल पशु निर्देशनालय पुगेर उम्मेदवारी दर्ता गरेको हो ।
एमालेबाट कास्की क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् । गुरुङ एमालेका कास्कीका अध्यक्ष हुन् भने निवर्तमान गण्डकी प्रदेश सभा सदस्य हुन् ।
त्यस्तै, कास्की १ को (क) मा एमालेका खगराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । अधिकारी निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री र स्वास्थ्यमन्त्री हुन् ।
कास्की १ को (ख) मा एमालेबाट बेदबहादुर गुरुङ (श्याम)ले उम्मेदवारी दर्ता गरे । उनी मादी गाउँपालिकाका निवर्तमान प्रमुख (अध्यक्ष) हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





