कास्की–१ मा गठबन्धनले गर्यो उम्मेदवारी दर्ता


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




कास्की–१ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरदत्त बरालले उम्मेदवारी दिएका छन् । यो क्षेत्र हेभीवेट बीचको भिडन्त हुने क्षेत्र हो । यो क्षेत्रमा एमालेबाट मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेदवारी दिएका बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् भने गुरुङ नेकपा एमाले कास्कीका अध्यक्ष हुन् ।

कास्की १ को (क) मा गठबन्धनबाट दीपक कोईरालाले उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको चुनावमा यहि निर्वाचन क्षेत्रबाट निर्वाचित कोईराला गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका निवर्तमान सभापति हुन् ।
कास्की १ को (ख) मा गठबन्धनबाट दीपक गुरुङ (माईला)ले उम्मेदवारी दर्ता गरेका छन् । २०७४ सालको स्थानिय तहको चुनावमा पोखरा–१३ को वडा सदस्यमा पराजित गुरुङ कांग्रेस महामन्त्री गगन थापाका प्रिय पात्र हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।