कास्की–२ मा एमालेले गर्यो उम्मेदवारी दर्ता


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




कास्की–२ मा एमालेबाट यो क्षेत्रमा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् । रवीन्द्रको निधनपछि भएको उप–चुनावमा जितेर सांसद भएकी भट्टराई दोश्रोपटक चुनावी भिडन्तमा आएकी हुन् । यहाँ उनको गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालसँग भिडन्त हुनेछ ।

कास्की–२ को (क) मा एमालेबाट भीम कार्कीले उम्मेदवारी दिएका छन् । उनी एमालेका केन्द्रीय सदस्य हुन् ।

कास्की–२ को (ख) मा एमालेबाट मीना गुरुङले उम्मेदवारी दिएकी छन् । यसअघि समानुपातिकबाट गण्डकी प्रदेश सभा सदस्य रहेकी उनी यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । पेशाले गुरुङ सौन्दर्यकर्मी तथा सञ्चारकर्मी हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।