आज, अंग्रेजी अक्टोबर महिनाको १० तारिक अर्थात अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य दिवस।
आजको दिन नेपाल लगायत विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।
यो वर्ष ‘Mental health in an unequal world’ अर्थात ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ को नारासहित यो दिवस मनाइँदैछ।
विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउँदै आएको हो।
दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएका छन्। नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको तथ्यांकहरुले देखाउँछ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख भन्दा बढी मानिसहरुमा कुनै न कुनै किसिमको मानसिक समस्या छ। त्यसमध्ये करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको तथ्यांकहरुले देखाउँछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







