कास्की-३ मा एमालेका बैरागीबिरुद्ध जगन्नाथ बास्तोलाको बागी उम्मेदवारी


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नम्बर ३ मा एमालेका दामोदर बैरागीबिरुद्ध जगन्नाथ बास्तोलाले बागी उम्मेदवारी दिएका छन् । एमालेका पुराना नेता बास्तोलाले पार्टीको आधिकारिक उम्मेदवार बैरागीबिरुद्ध बागी उम्मेदारी दिएका हुन् ।

बास्तोलाको नाम उम्मेदवारी दर्ता नम्बरको आठौं नम्बरमा रहेको छ । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन कार्यालय कास्की क्षेत्र नम्बर ३ ले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।