कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि आईतबार तोकिएको उम्मेदवारी दर्ताको समयसीमा भित्र कास्की ३ मा ९ वटा पार्टी र ९ जना स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
कास्की ३ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल, एमालेका दामोदर बैरागी, जनता समाजवादी पार्टी (जसपा)का हितकाजी गुरुङ, राप्रपा नेपालका राजाराम दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राप्रपा नेपालका जगतप्रसाद सुवेदी, मंगोल नेसनल अर्गनाईजेसनका गंगाकुमारी खपाङ्गी तामाङ, नेपाल मजदुर किसान पार्टीका बलराम सिबञ्जार, हाम्रो नेपाल पार्टीका विवेककुमार पौड्यालले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै स्वतन्त्रबाट पोखरा–५ प्रस्याङकी अनिता भुत्र्याल, पोखरा–२५ कुवँरथरका कमलजंग कुवँर, कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर–२ का टंकप्रसाद अधिकारी, काठमाडौं–३ का ढकबहादुर कार्की, पोखरा–५ शिवालयमार्गका दुर्गाप्रसाद कोईराला, पोखरा–१८ का पशुपतिनाथ तिमिल्सिना, कास्की अन्नपूर्ण गाउँपालिका–४ का यमकृष्ण पौडेल, पोखरा–१८ पँधेलीका यादवप्रसाद तिमिल्सेनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । यसैगरी स्वतन्त्रबाट कास्की माछापुच्छ«े गाउँपालिका वडा नम्बर–खोराकोमुखका जगन्नाथ बास्तोलालेपनि उम्मेदवारी दिएका छन् । एमालेका पुराना र प्रभावशाली नेता बास्तोलाले एमालेका आधिकारिक उम्मेदवार दामोदर बैरागीबिरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







