प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर–१ मा १३ दल र ४ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि आईतबार दिइएको उम्मेदवारी दिने समयसीमा भित्र उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार कास्की–१ मा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरदत्त बराल, एमालेका मनबहादुर गुरुङ, नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजाली, हाम्रो नेपाल पार्टीका प्रमोद आचार्य, राप्रपा नेपालका महेन्द्र खत्री, मंगोल नेसनल अर्गनाईजेसनका यज्ञबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई, नेमकिपाका राजेन्द्र माक, जसपाका शर्मिला नेपाली मगराती, आमूल परिवर्तन मसिहा पार्टीका सविना बेगम, एकीकृत शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीका सीता श्रीस मगर र राप्रपाका सूर्यबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, स्वतन्त्रबाट चितवनका आनन्द सापकोटा, कास्की मादीका घननाथ सापकोटा, तनहुँका दिलबहादुर राना र पोखरा–२६ का सौगात जिसीले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







